१० जेठ, काठमाडौँ । सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।
भर्चुअल बैठक आज दिउसो दुई बजे बस लागेको हो। आजै दिउँसो तीन बजे पुनः सचिवालय र चार बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने बताइएको छ। रास्वपाले आइतबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक आह्वान समेत गरेको छ।
सर्वोच्चले सहकारी ठगी प्रकरणमा सभापति लामिछानेलाई यसअघिको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशलाई सदर गरेपछि पार्टीमा तरङ्ग उत्पन्न भएको छ। आगामी दिनमा अब कसरी अघि बढ्ने भन्नेबारे थप रणनीति बनाउन सचिवालय देखि केन्द्रीय समितिको बैठक बोलाइएको हो।