ब्रेकिङ न्युज

रवि लामिछाने अब थन्किए, महाधिवेशनसम्मका लागि भए पनि सभापतिमा अर्को व्यक्ती चुन्नुपर्छ: यज्ञमणि न्यौपाने 

१० जेठ, काठमाडौँ । अधिवक्ता एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अब हिरा शतबाट बाहिर आउने सम्भावना तत्काल नदेखिएका कारण रास्वपाको सभापतिमा नयाँ नेता चयन गर्न ढिला गर्न नहुने बताएका छन् । 

उनले महामन्त्री, सह–महामन्त्रीलगायतका महत्त्वपूर्ण पद पूर्ति नहुँदा पार्टीका दैनिक कामहरू राम्रोसँग सञ्चालन हुन नसकेको भन्दै त्यसका लागि रास्वपाले महाधिवेशन अगाडीसम्मका लागि रिक्त पदहरूमा मनोनयन गर्नुपर्ने बताएका छन् । 

लामिछानेको पक्षमा पटक पटक बहस गरेका न्यौपानेले २०७९ सालमा रास्वपाबाट निर्वाचन लडेका नेताहरूलाई विभागलगायतमा प्राथमिकता दिनुपर्ने बताउँदै त्यसका लागि पार्टीका मुख्य पदहरूलाई पुरा गरेर अगाडी बढ्न आग्रह गरेका छन् । 

उनले नेपाल बार एशोसिएशनको निर्वाचनमा महासचिवमा उम्मेदवारी दिएका कारण रास्वपाको अनुशासन आयोगबाट राजीनामा दिएका थिए ।  रास्वपाका सभापति रवि लामिछानेलाई शुक्र बाह्रको सर्वोच्च अदालतको आदेशले पुनरावेदन अदालतले गरेको फैसला सदर गर्दै पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदन दरपिठ गरेपछि उनी केही दिन, महिनाका लागि हिरासतमा हुने भएपछि अधिवक्ता न्यौपानेले रवि लामिछानेलाई पार्टी सभापतिका लागि रास्वपाले पर्खन नहुने विचार व्यक्त गरेका हुन् ।