प्रदेश 1

धरानका मेयर हर्क साँम्पाङ्गको आशंकाः पोल खुल्छ भनेर उसको हत्या भैसकेको हुन सक्छ

१० जेठ, काठमाडौँ ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सहकारी ठगीको अभियोगमा प्रहरीको खोजी सूचीमा परेका जिवी राईको हत्या भएको हुनसक्ने बताएका छन् । 

उनले हर्क साम्पाङ रिभोलेशन नामक ट्विटरमा लेख्दै आउने बित्तिकै पोल खुल्छ भनेर उसको हत्या भैसकेको हुन सक्छ भनेका छन् । 

शुक्रवार मात्र रवि लामिछानेलाई हिरासत मुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेपछि रवि लामिछानेको मात्र सहकारी ठगीको विषयमा कुरा उठे पनि मुख्य व्यक्तिको रूपमा रहेका जीवी राईको बारेमा केही नभएको कुरा सर्वसाधारणसमेतबाट उठिरहेका बेला मेयर साम्पाङले उक्त कुरा उठाएका हुन् ।

उनले जीवी राई सहकारी सहिद भृसके कि क्या हो भन्दै प्रश्नसमेत गरेका छन् । 

उनको ट्विट

 जीवी राईलाई सहकारी सहिद बनाइसके कि क्या हो ?  आउने बित्तिकै पोल खुल्छ भनेर उसको हत्या भैसकेको हुन सक्छ ! जीवित भएको भए त पक्राउ पर्नु पर्ने होइन र जन्तरेऊ ???