समाचार

भिजिट भिसाबारे धेरै कुरा थाहा पाइसकेको छु, केही दिनमा बोल्छु: गृहमन्त्री लेखक

१० जेठ, धनुषा । गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको  भिजिट भिसा प्रकरणको आरोपको बारेमा केही दिनमा बोल्ने बताएका छन्। नेपाली काँग्रेस धनुषाको पार्टी कार्यालयमा कार्यकर्तासँग गरेको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।  

गृहमन्त्री लेखकले यस सन्दर्भमा गृह मन्त्रालयले आजै विज्ञप्ति निकालेर स्पष्ट पार्ने र केही दिनमा आफू पनि बोल्ने बताए।  पार्टी र पार्टीका साथीहरूको टाउको निहुरिने काम आफूले कुनै पनि हातमा नगर्ने उनको भनाइ थियो। 

गृहमन्त्री लेखकले यो सन्दर्भ कहाँ कसरी आयो भन्नेबारे आफूले धेरै कुरा थाहा पाएको भन्दै  भिजिट भिसासँग जोडेर आफ्ना बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको प्रति गुनासो गरे। यो कहाँबाट, कसरी, किन भइरहेछ भनेर आफूले खोजी गरेको र यस विषयमा धेरै कुरा थाहा पाइसकेको उनको भनाइ छ।