१० जेठ, काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिले देशमा प्रजातन्त्रले के दियो भन्दै प्रश्न गर्ने खराब प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन्। आज नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ काठमाडौँ महानगर समितिको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले अभिव्यक्ति स्वतन्त्रताको अधिकार यही प्रजातन्त्रले दिएको जिकिर गरे।
प्रजातन्त्रले के दियो के ल्यायो भन्दै भ्रम छर्ने कार्य भइरहेको प्रति मन्त्री सिंहले आपत्ति जनाए। सङ्घर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने जिम्मा सबैको भएको उनको भनाइ छ ।
अहिले फेसन जस्तै गरेर नकारात्मक कुरालाई प्रचार गर्ने काम भइरहेको र बलिदान र सङ्घर्षबाट प्राप्त गरेको कुरा केही होइन भन्दै नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको प्रति मन्त्री सिंहले असन्तुष्टि व्यक्त गरेका हुन्।