११ जेठ, काठमाडौँ। सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो।
साता साझेदार दल नेपाली काँग्रेसको तर्फबाट गृहमन्त्री बनेका रमेश लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरूबाट रकम असुली प्रकरणमा मुछिएको आरोप लागेको बेला सचिवालय बैठक बस्नुलाई अर्थपूर्ण तरीकाले हेरिएको छ।
गृहमन्त्री लेखकले नैतिकताको आधारमा पदबाट राजीनामा दिनु पर्ने कुरा उठिरहेको छ। आफ्नै पार्टीभित्रबाट पनि अनुसन्धानलाई सहयोग गर्न गृहमन्त्रीले राजीनामा दिनु पर्न विषय पनि उठिसकेको छ। चौतर्फी दबाबकाबिच आफूले संसद् बैठकमा यसका बारे जवाफ दिने मन्त्री लेखकले बताइसकेका छन्। संसद् बैठक पर्सि १३ गते बस्ने तयारी छ।
एमाले बैठकमा पनि गृहमन्त्रीको राजीनामाबारे छलफल हुने सम्भावना देखिएको छ। सार्वजनिक रूपमा केही नबोलेका एमाले नेताहरूले आजको बैठकमा विशेष छलफल गर्ने तयारी गरेको बताइएको छ।