समाचार

एमालेपछि काँग्रेसले बोलायो पदाधिकारी बैठक, गृहमन्त्री विवादबारे छलफल 

११ जेठ, काठमाडौँ। नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । भोली सोमबार सभापति शेरबहादुर देउवा निवास  बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो। 

बैठक बिहान ९ बजे बस्ने छ।  बैठक क्रियाशील सदस्यताको विषयमा छलफल बोलाइएको भनिएको छ। यद्यपि गृहमन्त्री मुछिएको भन्दै अहिले निकै चर्चामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रकरणबारे छलफल पनि हुने अनुमान गरिएको छ। 

बैठकमा सदस्यता व्यवस्थापन समितिको संयोजक समेत रहेका महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणकोबारे जानकारी गराउने पनि बताइएको छ। साथै पदाधिकारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने पार्टी कार्यालयले जनाएको छ।