११ जेठ, काठमाडौँ। सहकारी पीडितहरूले रकम फिर्ताको माग राख्दै अर्धनग्न प्रदर्शन गरेका छन्। आफूहरूले पटक पटक शान्तिपूर्ण प्रदर्शन गर्दा पनि आफ्ना मागलाई सुनुवाइ नगरेको भन्दै पीडित पुरुषहरूले आज माइतीघरमा उनीहरूले प्रदर्शन गरेका हुन्।
उनीहरूले यो रहर नहेर बाध्यता भएको बताएका छन्। अघिल्लो पटक भने पीडित महिलाहरूले यसै गरी प्रदर्शन गरेका थिए।
प्रदर्शनमा उत्रिएका सहकारी पीडितहरूले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। उनीहरूले सरकारले आफ्ना मागहरू बेवास्ता गरेमा झनै नाङ्गिने चेतावनी दिएका छन्।
उनीहरूले ‘सहकारी पीडितहरूलाई धम्क्याउँदै भिडाउने काम बन्द गर, ‘कोष खडा गरेर बचतकर्ताहरूको बचत रकम फिर्ता गर’ जस्ता प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।