११ जेठ, काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै उनले कुन संस्था अगाडी लाग्छ भनेर नभई को अगाडी जान सक्छ भन्ने हिसाबले तयारीमा लाग्न भनेका हुन्।
जेठ १५ गते गणतन्त्र दिवसको दिन पारेर राजावादीहरूले आन्दोलनको थालनी गर्ने बताइरहेका बेला प्रधानमन्त्रीको यस्तो आदेश आएको हो। उनले दिउसो ११ बजे देखी २ बजेसम्म काठमाडौँ कब्जा गर्न कार्यकर्तालाई आजै तयारीमा लाग्न निर्देशन गरेका हुन्।
प्रधानमन्त्री ओलीले बाकी निर्देशन पार्टीले पछि गर्ने बताए। राजावादीहरूले सरकार मौन बसेको फाइदा उठाएको भन्दै अनावश्यक फुर्ती नगर्न चेतावनी दिएका छन्। उनले १५ गते के गर्नु पर्ने पार्टीले बताउछ तर तपाईँहरू आजैबाट तयारीमा लाग्नुस् भन्दै आग्रह गरेका हुन्।