राजनीति

भिजिट भिसामा गृहमन्त्रीको संलग्नता पुष्टि भए जेल जान तयार हुनुपर्छ : प्रवक्ता झा 

११ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को  केन्द्रीय समितिको बैठक सकिएको छ।  बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै  कार्यवाहक प्रवक्ता मनीष झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक कुनै पनि बहानामा पन्छिन नमिल्ने बताएका छन् ।  

बैठक पछि उनले  संलग्नता पुष्टि भए जेल जान तयार हुन भनेका छन्।  प्रवक्ता झाले आफ्नो संलग्नता पुष्टि भए राजनीति छाड्ने प्रतिक्रिया दिएको प्रति यस्तो जवाफ फर्काएका हुन्। 

गृहमन्त्री लेखकले आफ्नो संलग्नता पुष्टि भए आफू राजनीतिबाट बिदा हुने  बताएका थिए।