११ जेठ, काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मिडिया मा आएकै आधारमा कसैमाथि अनुसन्धान र अभियोजन नहुने
धारणा राखेका छन्। आज आइतबार बसेको एमाले सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको विवादको बारे प्रश्न सोधेपछि महासचिव पोखरेलले अनुसन्धान गर्ने, अभियोजन गर्ने निकायहरू भएकाले सामाजिक सञ्जालको भरमा कुनै अभियोजन गर्न नहुने प्रतिक्रिया दिएका हुन्।
उनले अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्छन्। दोषी देखिएमा कारबाही गर्ने भन्दै यस विषयमा के भएको हो भन्ने विषयमा सम्बन्धित निकायले हेरिरहेको बताएका हुन्।