१० जेठ, काठमाडौं । नेपाल टेलिटक प्रा.लि.ले आज एचएमडीको नवीनतम स्मार्टफोन ‘एचएमडी क्रेस्ट म्याक्स फाइभजी’ नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधियुक्त यस स्मार्टफोनमा उत्कृष्ट प्रदर्शन, उन्नत क्यामरा प्रणाली, र सजिलै मर्मत गर्न मिल्ने प्रयोगकर्ता-अनुकूल डिजाइन समावेश गरिएको छ।
एचएमडीले विकास गरेको यो डिभाइस विशेषगरी दिगो प्रविधि र दीर्घकालीन प्रयोगका लागि तयार पारिएको हो, जसले नेपाली उपभोक्ताहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
टेलिटकका अनुसार, एचएमडी क्रेस्ट म्याक्स फाइभजी नवीनतम प्रविधिसँग सुसज्जित हुनुका साथै नेपाली बजारको आवश्यकता र चाहनालाई मध्यनजर गरी तयार पारिएको हो। स्मार्टफोनको डिजाइन, प्रदर्शन र मर्मतको सहजता यसलाई नेपाली उपभोक्ताका लागि एक उत्कृष्ट विकल्प बनाउनेछ।