ब्रेकिङ न्युज

भिजिट भिसा प्रकरण: कर्मचारीले गरेकाे गल्तीमा गृहमन्त्रीमाथि कारबाही गर्नु नपर्ने एमालेको तर्क

 ११ जेठ, काठमाडौँ । नेकपा एमालेले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु गलत भएको बताएको छ । आजको बैठकमा नेपाली काँग्रेसको पदाधिकारी बैठकमा समेत गृहमन्त्री लेखकको भिजिट भिसा प्रकरणका विषयमा कुरा हुने भन्दै त्यस विषयमा गृहमन्त्री लेखकमाथि कुरा उठ्नु गलत भएको बताएको छ । 

आजको बैठकमा बिषय भन्दा बाहिर कुरा भए पनि स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिने परिपाटी आउँदै जाँदा राम्रो नहुने भनेका थिए । 

प्रधानमन्त्री ओलीले अभियोग लागेको कर्मचारीमाथि अनुसन्धान भइरहेको बताउँदै गृहमन्त्री माथी अभियोग लगाउन गलत भएको बताएका थिए । नेकपा एमालेले नेपाली काँग्रेसले यस विषयमा निर्णय गरेपछि मात्र गृहमन्त्री लेखकको विषयमा निर्णय गर्ने सङ्केत दिएको छ । 

केही दिन अगाडी गृहमन्त्री लेखकसम्म भिजिट भिसाको कमिसन दैनिक पुग्ने कुरा मिडियामा हाईलाईट भएपछि काँग्रेस एमाले सरकारका गृहमन्त्री पछिल्लो समयमा विवादमा छन् । उनी विवादमा भए पनि आफूले अहिलेसम्म कुनै पनि गलत क्रियाकलाप नगरेर र एउटा मात्र भेटिए पनि आफू राजनीतिबाटै संन्यास लिन तयार रहेको स्पष्ट पारिसकेका छन् ।