राजनीति

काँग्रेसको दावी: भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष छन्

१२ जेठ, काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको ठहर गरेको छ। आज सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठक पछि प्रवक्ता डा प्रकाशशरण महतले  सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गृहमन्त्रीका बारेमा अफवाह फैलाएको बताएका हुन्। 

उनले भने, गृहमन्त्री भिजिट भिसा प्रकरणको अनियमितता संलग्न हुनुहुन्न भन्नेमा हामी विश्वस्त छौ, जो संलग्न छन् उनीहरूलाई कारबाही हुनुपर्छ।’

गृहमन्त्री लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भिजिट भिसामा मानव तस्कर गरेको र मोटो रकम असुली गर्ने गरेको आरोपमा विवादित बन्दै आएका छन्।  उनले आफूलाई षड्यन्त्रपूर्वक तरिकाले आरोप लगाएको भन्दै यसका विषयमा संसद् बैठकमा जवाफ दिने बताउँदै आएका छन्।