सुदूरपश्चिम

भन्सार प्रमुख कुट्ने चार नगर प्रहरी पक्राउ 

१२ जेठ, काठमाडौँ । भन्सार प्रमुखलाई कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका ४ जना नगर प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ।  भन्सार प्रमुख अनन्त तिमिल्सिनालाई कुटपिट गरेको आरोपमा नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी सवारी चालक हसन बहादुर मल्ल , नगर प्रहरी हवल्दार मणिदत्त भट्ट र नगर प्रहरी जवान जितेन्द्रसिंह धामीलाई  प्रहरीले पक्राउ गरेको हो। 

भन्सार प्रमुखले आफूलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएको आधारमा पक्राउ गरिएको बताइएको छ। प्रहरीले  पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।  

नगर प्रहरी निरीक्षक धामीसहितको टोलीले शनिवार राति कैलाली भन्सार कार्यालयभित्र प्रवेश गरेर भन्सार  प्रमुख तिमिल्सना माथि कुटपिट गरेका थिए।