समाचार

तीनकुने प्रकरण: मुख्य नाइके दुर्गा प्रसाईँलगायतको बयान आजबाट सुरु 

१२ जेठ, काठमाडौँ । तीनकुनेको हिंसात्मक घटनामा संलग्नहरूको बयान सुरु भएको छ। काठमाडौँ जिल्ला अदालतमा आज सोमबारबाट प्रतिवादीहरूको बयान लिन थालिएको हो। 

काठमाडौँ जिल्ला अदालतले आज पहिलो दिन तीनकुने घटनाका मुख्य नाइके भनिएका दुर्गा प्रसाईँको बयान लिएको छ । उनीलगायत  ५० प्रतिवादीहरूलाई राज्यविरुद्धको कसुरमा बयान लिने भएको हो। सुरुमा प्रसाईँको बयान लिएको हो। 

जिल्ला अदालतकै अर्को इजलासमा भाटभटेनी लुटमा संलग्नहरू आपराधिक उपद्रव कसुरमा मुद्दा अभियोजन भएका ११ जनाको बयान सुरु भएको छ ।