समाचार

कार्यपालिकाको बैठक माग गर्दै मेयर बालेनलाई पत्र

१२ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यपालिकाका सदस्यहरूले बैठकको माग गर्दै हस्ताक्षरसहित मेयर बालेन साहलाई पत्र लेखेका छन्। 

आज उपमेयर सुनिता डंगोलको नेतृत्वमा महानगरका कार्यपालिकाका ४१ जना सदस्यहरूले जतिसक्दो चाँडो बैठक राख्न माग गर्दै पत्र लेखेका हुन्।  ४१ जनाको हस्ताक्षरसहित पत्र पठाएको बुझिएको छ। महानगरको बैठक गत पुस महिनादेखि बस्न सकेको छैन। 

 ऐन अनुसार कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नुपर्ने हुन्छ। 

पछिल्लो समय उपमेयर र मेयरबिच निकै टसल परिरहेको छ।  प्रमुख प्रशासकीय अधिकृतलाई महानगरमा ल्याउने विवादले महानगरको आन्तरिक विवाद समेत बाहिर आएको हो।