१२ जेठ, काठमाडौँ । मस्कोले युक्रेनविरुद्ध ड्रोनको घातक प्रहार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनको आलोचना गरेका छन्। स्थानीय समय अनुसार आइतबार राति उक्त घटनालाई राष्ट्रपति ट्रम्पले उक्त घटनालाई ‘मूर्खता’ को संज्ञा दिएका हुन्।
रुसले युक्रेनविरुद्ध आइतबार राति गरेको ड्रोन प्रहारबाट कम्तीमा १३ जनाको मृत्यु भएको थियो ।
“रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मेरो सधैँ राम्रो सम्बन्ध छ, आइतबारको व्यापक आक्रमणले उनलाई केही न केही भएकोजस्तो देखियो । यो बिल्कुल पागलपन हो।” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको एक पोस्टमा भनेका छन् ।
उनले भने, “मैले सधैँ भन्ने गरेको छु पुटिन युक्रेनको एक टुक्रा मात्र होइन, सम्पूर्ण भाग चाहनुहुन्छ । सायद यो सही साबित भइरहेको छ तर यदि उहाँले त्यसो गर्नुभयो भने यसले रूसको पतन निम्त्याउँछ।”
पछिल्लो समय दुर्लभ रूपमा पुटिनको आलोचना गर्ने गरेका ट्रम्पको टिप्पणीले मस्कोको आक्रमणले अमेरिकी नेताले किएभसँगको गतिरोधपूर्ण युद्धविराम वार्तामा मस्कोको अडानप्रति बढ्दो निराशा व्यक्त गरेको देखिएको छ ।
यसअघि आइतबार ट्रम्पले युक्रेनमा भएको पछिल्लो आक्रमणबाट आफू ‘खुसी नभएको’ र मस्कोमाथि थप प्रतिबन्ध लगाउनेबारे आफू ‘पूर्णरुपमा’ विचार गरिरहेको बताएका थिए ।
राष्ट्रपति ट्रम्पले भने, “मैले उनलाई लामो समयदेखि चिनेको छु, सधैं उहाँसँग घुलमिल भइरहन्छु, तर उहाँले शहरमा रकेट पठाउँदै छन् र मानिसहरूलाई मारिरहेका छन्, र मलाई यो पटक्कै मन परेको छैन।”