सामाजिक सञ्जाल

८४ को निर्वाचनमा बेदाग लागेका व्यक्तिलाई देशैभर उम्मेदवार बनाउने हर्क साम्पाङको घोषणा 

१३ जेठ, काठमाडौँ । धरान उपमहानगर पालीकाका मेयर हर्क साम्पाङले २०८४ को निर्वाचनमा बेदाग लागेका व्यक्तिलाई देशैभर उम्मेदवार उठाउने बताएका छन्।  उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत देशैभरका पालिका र निर्वाचन क्षेत्रहरूबाट आफ्नो तर्फबाट ईमान्दार व्यक्तिलाई अघि सार्ने बताएका हुन्। 

उनको भनाइ अहिले चर्चामा रहेको छ। सामाजिक सञ्जालमा सक्रिय रहने साम्पाङले आज लेखेको स्टाटसले निकै चर्चा कमाएको हो। 

उनले लेखेका छन्,’८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिनेछौँ ! दाग नलागेका इमानदार र काम गर्न चाहनेहरू हाम्रा उम्मेदवार बन्नेछन् !’