१३ जेठ, काठमाडौँ । नेकपा एमाले निकट युवा सङ्घको १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ। सहमतिमा नेतृत्व चयन गर्न निकै कसरत गरे पनि अन्ततः निर्वाचन मै जानु पर्ने अवस्था आएको हो।
अध्यक्षमा दुई जनाको प्रतिस्पर्धामा रहेको छ। वर्तमान अध्यक्ष क्षितिज थेबे र वर्तमान महासचिव सुमन पुरी प्यानल बनाएर चुनावी मैदानमा उत्रेका हुन् । थेबेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन रहेको छ भने पुरीलाई पूर्व राष्ट्रपति विद्या भण्डारीको समर्थन रहेको बताइएको छ।
पोखराको सभागृहमामा बिहान साढे १० बजेबाट विद्युतीय मेसिनबाट मतदान सुरु भएको हो।