१३ जेठ, काठमाडौँ । बजेट भाषणको मुखैमा प्रतिनिधिसभाको बैठक प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका छन् , उनीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेका हुन्।
बैठकको सुरुमै सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए। लगत्तै प्रमुख प्रतिपक्षी दलका तर्फबाट सांसद वर्षामान पुनले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्न आग्रह गरेका थिए।
उनले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को नियमित काम अघि नबढ्ने बताएका थिए। त्यस्तै रास्वपाका संसद् शिशिर खनालले संसदीय छानबिन समिति नबनेसम्म संसद् नचल्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।