१३ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका छन् । आज मङ्गलवार चितवन पुगेर उनले यस्तो बताएका हुन्।
अध्यक्ष दाहालले भिजिट भिसा प्रकरण सामान्य विषय नभएकाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका हुन्। यो विषयमा विपक्षी दलहरूबिच छलफल चलिरहेको र गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्थाचाहिँ आउने ठोकुवा गरे।
भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठुलो रकम लिने र गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लाग्दै आएको छ। गृहमन्त्रीकै पार्टीभित्रबाट अनुसन्धानलाई सघाउन गृहमन्त्रीले राजीनामा दिनु पर्ने विषय उठिसकेको छ।