१३ जेठ, काठमाडौँ । दलहरूबीच सहमति नजुट्दा प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्द्थागित भएको छ। संसद् सचिवालयले एक सूचना जारी गरेर स्थगित भएको जनाएको हो।
गृहमन्त्री रमेश लेखको नाम जोडिएको भिजिट भिसा प्रकरणमा उनले राजीनामा दिनु पर्ने भन्दै विपक्षी दलहरुले संसद बैठक अवरुद्ध गरेका थिए । सभामुख देवराज घिमिरेले सहमति जुटाउन पहल गरेपनि सहमति बन्न नसके पछि बैठक स्थगित भएको हो।
त्यसपछि सभामुख घिमिरेले ३० मिनेटको लागि स्थगित गरेको बैठक अर्को सूचना टाँसेर २:३० बजेसम्मका लागि स्थगित भयो। सभामुखले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका प्रमुख सचेतकसँग छलफल गरे। तर, उक्त छलफलमा पनि विपक्षी दलहरू गृहमन्त्री राजीनामाको विषयमा टसमस नभएपछि आजको बैठक कार्यसूचीमा प्रवेश नै नभई स्थगित भयो।