समाचार

गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

१३ जेठ, काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलका भ्रातृ संगठनहरुले  प्रदर्शन गरेका छन्। उनीहरूले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। 

उक्त प्रदर्शनमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चामा आबद्ध दलका भातृ सङ्गठन आबद्ध रहेका थिए। 

गृहमन्त्री लेखकको राजीनामा माग गर्दै माओवादी केन्द्रको भ्रातृ सङ्गठनहरू अखिल(क्रान्तिकारी) र योङ कम्युनिस्ट लिग (वाईसीएल), नेकपा एकीकृत समाजवादीका भ्रातृ सङ्गठनहरू अनेरास्ववियू र युवा सङ्घ नेपाल तथा नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल (समाजवादी) र युवा सङ्गठन नेपालले प्रदर्शन गरेका हुन्।

आजै प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै संसद् बैठक पनि अवरुद्ध गरेका थिए।