१३ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवा निवासमा भएको पदाधिकारी बैठक आफ्नो टिप्पणी भएकोमा अचम्म लागेको बताएका छन्। आज विराटनगरमा आयोजित काँग्रेसको शुभेच्छुक सङ्गठन नेपाल नाई सङ्घको राष्ट्रिय परिषद् उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा भनेको आफ्नैबारे भएछ भन्दै अभिव्यक्ति दिएका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले १५ गते काठमाडौँ कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला भने आफूले ठानेको तर त्यसो नभएको बताएका हुन्। उनले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैरराजनीतिक र मुठभेडको भाषा बोल्दा समेत काँग्रेसले यसबारेमा आधिकारिक रूपमा नबोलेकोमा आफूलाई छक्क लागेको बताए।
के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरे पनि काँग्रेसले छुट दिँदै जाने?’ भन्दै प्रश्न गरेका हुन्।
सोमबार पार्टी सभापति देउवाको निवास बुढानीलकण्ठमा भएको काँग्रेसको पदाधिकारी बैठकमा डा कोइरालासहितका नेताहरूलाई स्पष्टीकरण सोध्नेबारे छलफल भएको कुरा बाहिर आएको थियो।