ब्रेकिङ न्युज

एमाले भातृसंस्था युवा संघमा भण्डारी पक्षका पुरीलाई १८८ मतान्तरले हराउँदै आली पक्षका थेवे विजयी

१३ जेठ, काठमाडौं । नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेवे निर्बाचित भएका छन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका थेवेले ७९६ मत ल्याएर विजयी हुँदा पूर्व राष्ट्रपति बिद्या भण्डारी निकट मानिने सुमन पुरीले ६०८ मत ल्याएर पराजीत भए ।
दुई अध्यक्षको मतान्तर १८८ रहेको छ । सहमतीका लागि पटक पटक प्रयास भएपनि सहमती हुन नसकेपछि युवा संघको निर्बँचन भएको थियो ।
अधिवेशनमा एक हजार ७६४ जना प्रतिनिधि भएकामा एक हजार ४०४ जनाले मतदान गरेको थिए । उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह विजयी भएका छन् भने महासचिवमा महेश चौलागाई र उपेन्द्र शाही विजयी भएका छन् ।

नेतृत्व चयनको लागि युवा सङ्घमा मतदान, ओली पक्षका थेबे र पूर्वराष्ट्रपति भण्डारी पक्षका पुरीबिच प्रतिस्पर्धा