१४ जेठ, काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ होराइजन चोकस्थित मिलिजुलीपथमा एकै परिवारको तीन जनाको हत्या भएको छ। अभियुक्त सुरज कोइरालाले पूर्व पत्नीसहित दुई छोरीको बीभत्स हत्या गरेका हुन्।
हत्यारालाई प्रहरीले पक्राउ गरिसकेको छ।
आज बुधवार बिहान चार बजेतिरघटना भएको प्रहरीले बताएको छ। पूर्वपत्नी ३३ वर्षकी दीपा बस्याल र उनका छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या भएको हो। कोइरालाले घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको खुलेको हो।
हत्या गरिएकी दीपा बस्यालका हालका श्रीमान् वैदेशिक रोजगारीमा छन् भने बस्याल दुई छोरीलाई साथमै लिएर गए राति पूर्व पतिलाई भेट्न गएको बुझिएको छ।
प्रहरीका अनुसार अभियुक्त आफ्नै दाजु मारेर १० वर्ष जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए।