समाचार

लमजुङमा आगलागी, एक महिलाको मृत्यु

१४ जेठ,लमजुङ। सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो । आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उनलाई उद्धार गरेका थिए ।
जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।