१४ जेठ, काठमाडौँ । अमेरिकाले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रियामा रोक लगाएको छ । अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर भिसा प्रक्रिया रोक्ने निर्देशन दिएको हो।
ट्रम्प प्रशासनले विश्वविद्यालयहरू र विद्यार्थीहरूमाथि दिएको यस प्रकारको दबाब अमेरिकामा अध्ययन गर्न चाहने विदेशी नागरिकहरूका लागि झट्काको विषय बनेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
अब अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरूलाई भिसा रोकिने भएको छ। सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पुष्टि गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार अमेरिकाको यो अस्थायी निर्णय हो। तर भिसा प्रक्रिया कहिलेसम्म रोकिने हो भन्नेबारे खुलाइएको छैन। अमेरिकाले यस निर्णयबारे दूतावास र वाणिज्य दूतावासका कर्मचारीहरूलाई ‘केही दिनभित्र’ निर्देशन दिने भनिएको छ।
ट्रम्प प्रशासनले हार्वर्डसँगका सङ्घीय सम्झौता पन तोड्न लागेको अमेरिकी सञ्चारमाध्यमहरूले बताएका छन् ।