१४ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ। सभापति देउवाको साथमा गृहमन्त्री रमेश लेखक पनि रहेका छन् ।
बालुवाटारमा अहिले प्रधानमन्त्री ओली, देउवा र गृहमन्त्री लेखकको छलफल चलिरहेको बताइएको छ। भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लागेका गृहमन्त्रीले राजीनामा दिनु पर्ने भन्दै प्रतिपक्षी दलहरूले हिजो मङ्गलवार देखि संसद् बैठक अवरोध गरिरहेका छन्।
प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन हुनु पर्ने भन्दै सदन अवरोध गरेका हुन्।
सरकारले भोली अर्थात् जेठ १५ गते बजेट ल्याउने तयारी गरेको बेला भिजिट भिसा प्रकरणले संसद् बैठक प्रभावित बनेको हो। यसै बारे छलफल गर्न व सत्तापक्षका नेताहरू बिहानै छलफलमा जुटेका हुन्।