१४ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भएको भेटवार्ता सकिएको छ।
उनीहरूले गृहमन्त्रीले राजीनामा दिनु नपर्ने भन्दै संसद्मा उठेका प्रश्नका विषयमा गृहमन्त्रीको जवाफ सुन्न विपक्षी दलहरूसँग आग्रह गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको छलफलपछि यस्तो निर्णय भएको हो। प्रधानमन्त्री ओली र काँग्रेसका सभापति देउवा र गृहमन्त्री रमेश लेखकबिच छलफल भएको थियो।
सरकारलाई भोलि जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था बहेकै कारण संसद् बैठक खुलाउनु पर्ने बाध्यात्मक अवस्था छ। सत्ता पक्षले एउटा कर्मचारीको विषयलाई लिएर संसद् अवरुद्ध गलत भएको बताएको छ भने प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरण मानव तस्करीको जघन्य अपराध भएकाले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्न आग्रह गर्दै आएको छ।