१४ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संसद्को अवरोध खुलाउन आग्रह गरेका छन्। आज संसद् भवनमा विपक्षी दलहरूको संयुक्त बैठक चलिरहेको समयमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई फोन गरेका हुन्।
जवाफमा अध्यक्ष दाहालले गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराएर सांसदलाई जानकारी गराउन आग्रह गरेका एक सहभागी नेताले बताए।
संसद् भवनमा अध्यक्ष दाहालको कार्यकक्षमा विपक्षी दलहरूको बैठक जारी रहँदा प्रधानमन्त्री ओलीले दाहाललाई लाई टेलिफोन गरेको बताइएको छ। प्रधानमन्त्रीले संसद् चल्ने वातावरण बनाउन आग्रह गरेपछि जवाफमा दाहालले गृहमन्त्रीको राजीनामा नआई संसद् बैठक सञ्चालन हुन नसक्ने बताएका थिए।
विपक्षी दलहरूले आज पनि संसद् चल्न नदिने बताएका छन् भने गृहमन्त्रीको राजीनामा नै बटम लाइन भएको निर्णय गरेका छन् ।