१४ जेठ, काठमाडौँ । विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेपछि संसद् बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले दलिए आधारमा बोल्ने दिने भन्दै पटक पटक आग्रह गरे पनि विपक्षी दलहरूले अवरोध खडा गरे पछि बैठक आधा घण्टाको लागि स्थगित भएको हो।
विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै सदनमा अवरोध गरेका हुन्।
यसअघि हिजो मङ्गलवारको बैठक पनि आधा घण्टाको लागि स्थगित भएपछि बस्दै नबसी स्थगित भएको थियो। आज निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी सुरु भएको बैठक विपक्षीले विरोध गरेपछि आज पनि स्थगित भएको हो। सभामुख घिमिरेले गृहमन्त्रीलाई आफ्नो जवाफ दिने वातावरण बनाउन पनि सांसदहरूलाई आग्रह गरेका थिए।