समाचार

संसद् खुलाउन सभामुखको पहल, आफ्नै कार्यकक्षमा सत्ता र विपक्षी दलका प्रमुख सचेतकसँग छलफल 

१४ जेठ, काठमाडौँ । प्रतिनिधि सभाको अवरुद्ध भएको बैठक सञ्चालनको लागि सभामुख देवराज घिमिरेले आज पनि पहल थालेका छन् । हिजो पनि सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँगको बैठक गरेमा उनले आज पनि छलफल गरिरहेका हुन्।  

बैठक सभामुखको  कार्यकक्षमा बसिरहेको बताइएको छ। भोलि जेठ १५ गते प्रस्तुत गर्ने बजे प्रभावित हुने देखिएकाले सभामुखले संसद् खुलाउन पहल गरेका हुन्। 

सभामुखसँगको छलफलमा उपसभामुखसहित सत्ता र विपक्षी दलका प्रमुख सचेतकहरू सहभागी छन् ।

विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेपछि संसद् बैठक स्थगित भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री नै मुछिएको भन्दै राजीनामा नदिए संसद् चलन नदिने विपक्षी दलहरूको अडान रहेको छ।