आर्थिक

सक्कली टाटा जेन्युइन पाट्र्स प्रयोग गर्नुहोस् : व्यवसायिक सवारीसाधनको सुरक्षा र दिगोपनको ग्यारेन्टी

१४ जेठ, काठमाडौँ । नेपालमा व्यवसायिक सवारीसाधनको संख्यामा तीव्र वृद्धि भइरहेका बेला, गाडी सञ्चालनको विश्वसनीयता र दीर्घायु सुनिश्चित गर्न गाडीका सक्कली पाट्र्स प्रयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।

नक्कली पाट्र्सले छोटो समयमै गाडी बिगार्ने, दुर्घटना निम्त्याउने र व्यवसायमा अवरोध पु¥याउने खतरालाई बढावा प्रदान गर्दछ, जसको निराकरणका लागि टाटाका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पाट्र्सको प्रयोग अनिवार्य बनेको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी अटो पाट्र्स प्रा.लि.मार्फत सक्कली पाट्र्स देशभर उपलब्ध रहेका छन् ।

सक्कली र नक्कली पाट्र्स छुट्याउने सजिलो उपायः

प्याकेटमा उल्लेख गरिएको ऋयगलतचथ ऋयमभस् द्दण्डज्ञद्दढण् वा द्दण्डज्ञद्दढछ सुनिश्चित गरी
सक्कली टाटा जेन्युइन पाट्र्समा टाटा मोटर्स कम्पनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ ।
घम् होलोग्राम मा देखिने टाटाको लोगोबाट
त्तच् कोड स्क्यान गरेर सक्कलता पुष्टि गरेर
नेपालमा आयात भएको बक्समा एमआरपी विवरण उल्लेख गरेको हुँदैन ।

सक्कली पाट्र्सको फाइदा व्यवसायमै देखिन्छ ः

टाटा जेन्युइन पाट्र्सले गाडीको इन्जिन, ब्रेक, क्लच लगायतमा दीर्घकालीन स्थायित्व प्रदान गर्छ । यसले गाडीको मर्मत खर्च कम गर्नुका साथै गाडीको समग्र प्रदर्शन पनि गुणस्तरिय सुधार ल्याउन मद्दत गर्छ ।

सिप्रदी अटोपाट्र्सको देशव्यापी सञ्जालबाट खरिद गर्न सकिने ः

सिप्रदी अटोपाट्र्स प्रा.लि.का नेपालभर रहेका रिटेलस तथा पाट्र्स आउटलेटहरूमा सक्कली पाट्र्स उपलब्ध छन् । ग्राहकहरूले कुनै पनि स्थानबाट खरिद गर्दा कण्ट्री कोड र क्युआर कोड जाँच गरेर मात्र सक्कली टाटा जेन्युइन पाट्र्स प्रयोग आग्रह गरिएको छ ।