१४ जेठ, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्। उनले संसद् बैठकमा आफ्ना धारणा राख्ने तयारी गरिरहेको बेला प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेपछि पत्रकार सम्मेलन गर्न लागेका हुन्।
गृहमन्त्री लेखकले संसद् बैठक सञ्चालन भएको खण्डमा बैठकमै आफूमाथि लागेको आरोपको जवाफ दिने तयारीमा रहेका छन्। उनले आफूले जवाफ दिने भनेर सभामुखसँग समय लिइसकेका छन्।
प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा आफूहरूको मुख्य बटमलाइन रहेको बताइरहेका बेला तत्काल संसद् खुल्ने सम्भावना नदेखिएको हो।