राजनीति

सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन: आन्दोलनकारी राजावादीलाई चक्रपथभित्र प्रवेश निषेध गर्नु

१४ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूको आन्दोलन निस्तेज पार्न चक्रपथबाटै कडाइ कडाइ चार वटै सुरक्षा निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । उनले सुरक्षा निकायका प्रमुखहरूसँगको भेटमा गणतन्त्र बिरोधीहरुलाई चक्रपथमा कडाइ गर्नुपर्ने तर्कसहित कडा सुरक्षा गर्न र  प्रवेश नै नदिन भनेको समाचार माद्यमहरुले बताएका छन् । 

सुरक्षा निकायहरूले राजावादीहरूको गणतन्त्र दिवसका दिन जेठ १५ गतेका दिनको राजावादीको आन्दोलन र त्यसको प्रभावलाई हेरेर मात्र सुरक्षा कस्तो गर्नुपर्छ भन्ने सोच्नुपर्ने सल्लाह दिएका भए पनि प्रधानमन्त्रीको निर्देशन चक्रपथभित्र प्रवेश नै गर्न नदिनु भन्ने आएको भन्ने समाचार माद्यमहरुले बताइरहेका छन् । 

केही अगाडीबाटै राजतन्त्र र हिन्दु राज्य स्थापनालगायतका माग गर्दै राप्रपालगायतका दलहरूले जेठ १५ गतेदेखि अनिश्चित कालीन आन्दोलनको घोषणा गरेका छन् । फागुन १५ गतेको तीनकुनेको राजावादी आन्दोलनबाट दुई जनाको ज्यान गएको अवस्था रहेको छ भने १५ गते त्यहीबिचमा आन्दोलनको घोषणा भएको अवस्था छ ।