१४ जेठ, काठमाडौँ। आधा घण्टाको लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ। संसद् सचिवालयले भोलि दिउसो एक बजे बस्ने गरी बैठक स्थगित भएको जनाएको हो।
भिजिट भिसा प्रकरणमा आरोप लागेका गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आएका छन्। उनीहरूले गृहमन्त्रीको राजीनामा बटम लाइन भएको बताइसकेका छन्।
सरकारले भोलि नै आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने छ। सदन खुलाउने पहलमा सभामुख देवराज घिमिरे लागे पनि सहमति बन्न सकेको छैन।