१४ जेठ, काठमाडौं । पूर्व मन्त्री अफ्ताव आलमलाई उच्च अदालत जनकपुरले सफाई दिएको छ । जिल्ला अदालत रौतहटको फौसला उल्ट्याउँदै उच्च अदालत जनकपुरले नेपाली काँग्रेसका नेतासमेत रहेका आदलमलाई सफाई दिएको हो ।
रौतहटको ्राजापुर घटनामा दोषी देखाउँदै पूर्व मन्त्री आलम, भाई मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई दोषी देखाएपनि आज उच्च अदालतले उनीहरुलाई सफाई दिएको हो । २०६४ साल चैत २७ गते राजपुरमा ब बिष्फोट गराई इटाभट्टामा जिउँदै जलाएको अभियोगमा अदालतले दोषी देखाई जन्मकैद सजाय तोकेको थियो । उक्त फैसलालाई उच्च अदालतले उल्ट्याएको छ । २०७६ असोज २६ मा पक्राउ परेका पूर्वमन्त्री आलमसहित ११ जनाबिरुद्धमा २०७६ साल कात्तिक १८ मा मुद्धा दर्ता भएको अवस्था थियो ।
न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमसहितलाई सफाई दिएको हो । अझैपनि आलमसहित विरुद्धमा सर्बोच्चमा पुनरावेदन गर्ने सम्भावना भने प्रवल रहेको सरोकारवालाहरुको भनाई छ ।