समाचार

उच्च अदालतकाे आदेशलगत्तै काँग्रेस नेता एवं पूर्व मन्त्री आलम रिहा

१४ जेठ, काठमाडौँ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट सफाइ पाएका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मोहम्मद आफताब आलम केहीबेर अघि रिहा भएका छन् ।


नक्खु कारागारमा रहेका उनलाई परिवारको जिम्मा लगाएर रिहा गरिएको कारागारका जेलर भीमराज कोइरालाले राससलाई जानकारी दिए ।

यसअघि आलममाथि जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको व्यक्ति हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आजै आलमलाई सफाइ दिएको अदालतका रजिष्टार दीपक भण्डारीले जानकारी दिए ।

काँग्रेस नेता अफताम आलमविरुद्धको ज्यान केश उल्टिँदै उच्च अदालतले दियो सफाई