आर्थिक

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३५ हजार ६७४ कित्ता संस्थापक शेयर बिक्री खुला

१५ जेठ, काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको ३५ हजार ६७४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्री खुल्ला गरेको हो। इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ। तोकिएको समय भित्र संस्थापक शेयरधनीबाट निवेदन दिन कम्पनीले आग्रह गरेको हो।

यदी शेयर धनीबाट आवेदन नआएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने छ।