१५ जेठ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय प्रशासनले त्रिविका उपकुलपतिको कार्यालय तोडफोड र शिक्षाध्यक्ष र रजिस्टारको कार्यालयमा भएको तालाबन्दीको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
एक विज्ञप्ति जारी गर्दै प्रशासनले विश्वविद्यालय भित्र भएका समस्या वार्ता र संवादबाट हल गर्न सकिने बताएको हो।
त्रिभुवन विश्वविद्यालय प्रशासनले सम्पत्ति तोडफोडमा संलग्नलाई कानुनी कारबाहीको लागि सम्बन्धित निकायलाई अपिल समेत गरेको छ।
त्रिभुवन विश्वविद्यालयमा राजनीतिक दलका विद्यार्थी सङ्गठनहरूले आफू अनुकूल काम नभए तोडफोड आगजनी साथै कुटपिट र आन्दोलनका गतिविधि गर्दै आएका छन्। पछिल्लो समय त्रिभुवन विश्वविद्यालय पनि यस्तै घटनाहरू सामना गर्दै आएको छ।
