समाचार

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सघाउनु पर्छ: प्रमुख सचेतक पाण्डे 

१५ जेठ, काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आशङ्का रहेकाले आन्दोलन जारी रहेको बताएका छन्। 

 आज बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर उनले आफूहरूको सदनमा आन्दोलन जारी रहेको बताएका हुन्। 

 प्रमुख सचेतक पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आशङ्का  गरेका छन्।  उनले राजीनामा दिएर अनुसन्धानलाई सघाउन गृहमन्त्रीलाई पुनः आग्रह गरेका हुन्।  

अनुसन्धानको दायरामा आउनु पर्ने भन्दै पाण्डेले हिजो पत्रकार सम्मेलन गरेर जनतालाई झनै अन्योलमा पारेको आरोप लगाए। उनले प्रश्न उठेपछि राजीनामा नदिएर उल्टै पत्रकार सम्मेलन गरेर जनतालाई गुमराहमा पारेको आरोप लगाए। 

प्रमुख सचेतक पाण्डेले जिम्मेवार प्रतिपक्षको हैसियतले बजेट ल्याउन दिएको बताए । उनले संविधानमै जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले जिम्मेवार भएर बजेटको लागि सहज वातावरण बनाएको बताए।