१५ जेठ, काठमाडौँ। राजावादीहरूको आन्दोलनमा घुसपैठ भएको छ। काठमाडौँमा आज भइरहेको राजावादी प्रदर्शनमा घुसपैठ भएको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
आन्दोलनकारीहरूले रत्नपार्कबाट ती व्यक्तिहरुलाई प्रहरीको जिम्मा लगाएका हुन्। राजसंस्था पुनर्स्थापनाको माग राख्दै संयुक्त जनआन्दोलन समितिको आयोजनमा आज बृहत् प्रदर्शन गर्न लागेको हो।
अहिले प्रदर्शनकारीहरू भृकुटी मण्डपमा जम्मा भएका छन्। हिन्दु राज्य र राजसंस्थाको पुनर्स्थापनाको लागि भन्दै राप्रपालगायतका राजावादी सङ्घसंस्थाले गणतन्त्रको विरोधमा प्रदर्शन गरेका हुन्।
उनीहरूले आज जेठ १५ गतेबाट आन्दोलन घोषणा गरेका हुन्।