समाचार

एसइई परीक्षा प्रदेशबाट सञ्चालन हुने अर्थमन्त्रीको घोषणा 

१५ जेठ, काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसइई ) अब प्रदेशबाट हुने भएको छ।  आज प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्। 

यस अघि परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीबाट लिँदै आएको एसइई  परीक्षा अब प्रदेशबाट हुने भएको हो। 

सरकारले सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन नदिने नीति लिएको र आर्थिक वर्ष २०८२-०८३ को बजेटमा त्यस विषय समावेश गरेको  अर्थमन्त्री पौडेलले बताएका छन्। त्यस्तै सामुदायिक विद्यालयमा विद्यार्थीको घट्दो सङ्ख्यालाई ध्यान दिएर कार्यक्रम अघि बढाइएको उनको भनाई छ।