१५ जेठ, काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब बढाउन नसकेको बताएका छन्। आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै श्रोत अभावका कारण तलब बढाउन नसकेको स्पष्ट पारे।
उनले तलब बढाउन नसके पनि महँगी भत्ता बढाएको बताएका छन्। राष्ट्रसेवक कर्मचारीको सेवा सुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भएता पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षा अनुरूप तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्रीको भनाइ छ।
पौडेलले सबै राष्ट्र सेवकहरूका लागि साउन १ गतेदेखि लागू हुने गरी महँगी भत्ता वृद्धि गरी मासिक रु पाँच हजार पुर्याएको जानकारी दिएका हुन्।