१५ जेठ, काठमाडौँ । विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा सो प्रस्ताव गरिएको हो ।
नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा सहजीकण गरिने उल्लेख भए पनि भिसा निःशुुल्कको प्रबन्ध पहिलो पटक हुन लागेको हो । यसबाट नेपालमा पढ्न आउने विदेशी विद्यार्थीलाई प्रोत्साहन मिल्नेछ ।
विश्वविद्यालयमा विदेशी विद्यार्थीसमेत आकर्षित गर्ने सरकारको नीति रहेको छ ।