समाचार

संसद् खुलाउन सभामुखको पहल, प्रमुख सचेतकहरूसँगको छलफल पछि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

१६ जेठ, काठमाडौँ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै अवरुद्ध भएको संसद् बैठक खुलाउन  सभामुख देवराज घिमिरेले पहल सुरु गरेका छन्।  उनले मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गर्न बैठक बोलाएका छन्। 

आजै १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ भने त्यसअघि ११ बजे सभामुख घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका हुन्। 

भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै उनको राजीनामा नआएसम्म बैठक चल्न नदिने अडानमा विपक्षी दलहरू रहेका छन् ।  जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था भएका कारण जिम्मेवार विपक्षीको हैसियतले बजेट ल्याउने दिएको र आज देखी  निरन्तरता विरोध गर्ने बताएका छन्।