१६ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी एकताको कारण केही दिन रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पुनः सुरु गर्ने भएको छ।
आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकले जेठ २० गतेपछि अभियान पुनः सुरु गर्ने निर्णय गरेको हो।
शुक्रवार बिहान बसेको पदाधिकारी बैठकले पोखरामा पुगेर रोकिएको अभियानलाई जेठ २० गतेपछि निरन्तरता दिने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले जानकारी दिएका हुन् ।