राजनीति

माओवादी केन्द्रले भन्यो: गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न सक्दैन !

१६ जेठ, काठमाडौँ । अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले  यथास्थितिमा संसद् चल्न नसक्ने निर्णय गरेको छ। आज शुक्रवार बसेको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको हो। 

 बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको हो। छानबिनलाई सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने बैठकको निष्कर्ष रहेको छ। 

यस्तै, पार्टी एकता गरेको गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का १५  जना नेताहरूलाई पार्टीको केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । एकता प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिएको छ।  बैठकले अन्य २० जना नेतालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको बताइएको हो।